
काठमाडौं , ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ । बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने बताइएको छ।
बैठकमा विभिन्न १० वटा एजेण्डमा छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। यस्तै,बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ। बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, पार्टीको राष्ट्रिय भेला तथा कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रमबारे छलफल हुनेछ ।
यस्तै, संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ । स्रोतका अनुसार बैठकमा पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने तयारी गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे