
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आफ्नो गौरवमय ७० औँ वार्षिकोत्सव उल्लासपूर्वक मनाउँदैछ। २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंकले आजदेखि ७० वर्षे यात्राको नयाँ अध्यायमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
यस पटकको वार्षिकोत्सव राष्ट्र बैंकको कार्यकारी नेतृत्व कार्यवाहकमार्फत अघि बढ्दैछ। पूर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सम्पन्न भएपछि हाल राष्ट्र बैंक कार्यवाहक नेतृत्वमा रहेर निरन्तर सेवा प्रवाह गरिरहेको छ।
हाल राष्ट्र बैंकको नयाँ गभर्नर चयन प्रक्रियामा सरकार रहेको छ। छिट्टै राष्ट्र बैंकले स्थायी नेतृत्वसहित थप ऊर्जा र उत्साहका साथ आगामी लक्ष्यतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे