
काठमाडौँ, १५ भाद्र । पूर्वराजा ज्ञानेन्द्र शाहकी सानीआमा रत्न राज्यलक्ष्मी देवी शाहको आँखाको शल्यक्रिया गरिएको छ।
रत्नको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा बुधबार विहान मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। क्लिनिकका डाक्टर सुमन एस. थापाले आफ्नो फेसबुकमा राजपरिवारसहितको तिन वटा फोटो राख्दै आँखाको सल्यक्रिय भएको जानकारी दिएका हुन् ।
डाक्टर थापाले ९४ वर्षको उमेर संख्या मात्रै भएको भन्दै शल्यक्रियाका लागि धेरै सजिलो भएको उल्लेख गरेका छन्।
‘उनको म प्रतिको विश्वासले मलाई स्वास्थ्यबाट बञ्चित दुर दराजका नेपालीहरुको एक–एक पाइलाको नारामा पुनजागृत गरेको छ, ‘डा. थापाले लेखेका छन् ।’
रत्नको शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पारस शाह तथा पूर्वयुवराज्ञी हिमान शाहलगायत परिवारका अन्य सदस्य पनि क्लिनिकमा पुगेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे