
काठमाडौंको ३ फागुन |-स्टडीलेन इन्टरनेशनलले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई केन्द्रित गर्दै पुतलीसडक (माछापुच्छ्रे बैंक नजिकै, शंकरदेव क्याम्पसको अगाडि) स्थित आफ्नै कार्यालयमा १४ फेब्रुअरी २०२३, मंगलबार एक करियर काउन्सिलिङ सेसनको आयोजना गरेको छ ।
उक्त सेसनको मुख्य उद्देश्य अष्ट्रेलियाको शैक्षिक अवस्था, युनिभर्सिटीमा संचालीत कोर्स र GTE मूल्याङ्कन मापदण्डको बारेमा पूर्ण जानकारी गराउनु थियो।
युनिभर्सिटी अफ साउदर्न क्विन्सल्याण्डका प्रतिनिधि अंकित धानकले युनिभर्सिटी, कोर्स र अवसरका बारेमा करियर काउन्सिलिङ सेसनमा विद्यार्थीहरू माझ आफ्नो धारणालाई प्रस्तुत गरेका थिए।
साउदर्न क्वीन्सल्याण्ड युनिभर्सिटीले स्नातक र स्नातकोत्तर तहहरूको लागि विविध वैकल्पिक पाठ्यक्रमहरू प्रदान गर्दै आएको छ।
उक्त करियर काउन्सिलिङ सेसन मार्फत लक्ष्यित विद्यार्थीहरूले थुप्रै फाइदा उठाएको यथार्थ स्टडीलाइन इन्टरनेसनलका विनोद थापाले जानकारी गराएका थिए।
विनोद थापा बिगत एक दशक देखि शैक्षिक परामर्श क्षेत्रमा आवद्ध हुनुहुन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे