
काठमाडौँ । राजधानी काठमाडौँमा वायुको गुणस्तर अहिले निकै खराब अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय तथ्यांक राख्ने संस्था आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एयर क्वालिटी इन्डेक्स १८२ मा पुगेको छ, जसको अर्थ वायु ‘अस्वस्थ’ भएको हो। सामान्यतया ०–५० को राम्रो, ५१–१०० मध्यम र १०१–१५० अस्वस्थ मानिन्छ।
काठमाडौँको हावामा पीएम२।५ प्रदूषकको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६।५ गुणा बढी छ। त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटी लगायतका क्षेत्रहरूमा वायु प्रदूषण सबैभन्दा बढी मापन गरिएको छ।
विशेषज्ञहरूले वायु प्रदूषण बढेसँगै बिहानको वाक वा बाहिर व्यायाम नगर्न सल्लाह दिएका छन्। झ्याल–ढोका बन्द राख्न, एयर प्युरिफायर प्रयोग गर्न र बाहिर निस्कन परे मास्क लगाउन सुझाव दिइएको छ।
विश्वमा वायु प्रदूषणका हिसाबले काठमाडौँ शीर्ष पाँचमा छ। सबैभन्दा प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर पहिलो, बंगलादेशको ढाका दोस्रो, भारतको नयाँ दिल्ली तेस्रो र कोलकाता चौथो रहेको छ। लाहोरको ४१२ पुगेको छ, जसलाई ‘अत्यन्त खतरनाक’ मानिन्छ। काठमाडौँको स्थिति त्यसको तुलनामा अलिक कम भए पनि स्वास्थ्यका लागि अझै खतरा मानिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे