
काठमाडौँ , ५ असोज | यसै साता MSM को आयाेजनामा Cape Breton University को बारेमा जानकारी गराउने उद्देश्यका साथ Agent Conect 2022 काे आयाेजना भएकाे छ ।
उक्त Agent Conect 2022 मा युनिभर्सिटीका सिनियर इन्टरनेसनल रिक्रूटर Brett Maclean ले शैक्षिक परामर्श ब्याबसायीहरूलाई युनिभर्सिटीका विभिन्न काेर्सहरू, न्युनतम योग्यता र भर्ना प्रक्रियाका बारेमा एजेन्टहरूको माझ जानकारी प्रदान गरिएकाे थियाे ।
अन्तरास्ट्रिय शैक्षिक गुणस्तर र बजारकाे मागअनुरूप Cape Breton University ले आफ्नो शैक्षिककार्यक्रम हरू अगाडि बढाइरहेको कार्यक्रममा जानकारी गराइएको थियो। MSM एक अग्रणी विश्वव्यापी सेवा प्रदायक र क्यानडा, संयुक्त राज्य अमेरिका, युरोपमा कलेज र विश्वविद्यालयहरूको लागि अन्तर्राष्ट्रिय शिक्षा प्लेटफर्म हो। जसले बिभिन्न राष्ट्रमा शैक्षिक परामर्श व्यवसायीलाई सहकार्य गर्दछ।
त्यस्तै पुरानो प्राकृतिक परिदृश्य, जीवन्त संस्कृति, र स्वागत समुदायहरूले घेरिएको, केप ब्रेटन विश्वविद्यालय (CBU) संसारभरका 55 भन्दा बढी देशहरूका लगभग 5,500 विद्यार्थीहरूको घर हो। CBU ले लिबरल आट, साइन्स, म्यानेजमेन्ट, हेल्थ र बिजनेस प्रोग्राम अध्ययन अध्यापन गराउँछ। शिक्षण र सिकाइमा उत्कृष्टताको लागि समर्पित विश्वविद्यालयको रूपमा, CBU ले विद्यार्थीहरूलाई सहयोगी शैक्षिक वातावरणमा उत्कृष्ट प्रयोगात्मक शिक्षा र स्नातक अनुसन्धान अवसरहरूको फाइदा प्रदान गरिरहेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे