• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

६ घण्टा अघि
२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

८ घण्टा अघि
३

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

९ घण्टा अघि
४

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

१0 घण्टा अघि
५

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

११ घण्टा अघि
६

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

११ घण्टा अघि
७

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

११ घण्टा अघि
८

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

११ घण्टा अघि
९

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

११ घण्टा अघि
१०

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

११ घण्टा अघि
११

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

१२ घण्टा अघि
१२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

१२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०७९ कार्तिक २१, सोमबार (३ साल अघि)

‘उम्मेदवारको प्रचारशैलीे भड्किलो छैन’

Vote

  • 2,626 Views
  • कास्की , कात्तिक २१ ।  तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यतिखेर ८९ उम्मेदवार घरदैलो एवं प्रचारमा छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा १७ जनाको उम्मेदवारी छ भने प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (१)मा आठ जना र (२)मा छजनाको उम्मेदवारी छ ।

    निर्वाचन आचारसंहिताका कारण यतिखेर उम्मेदवारको प्रचारशैली विगतमा जस्तो भड्किलो छैन । धानलगायतका बाली भित्र्याउने समय भएका कारण खेत तथा बारी पुगेका मतदातालाई काम गरेकै ठाउँमा पुगी मत माग्नु यतिखेर उम्मेदवारका लागि बाध्यताजस्तै बनेको छ । विगतका निर्वाचनमा प्राप्त मतलाई ठूला तथा पुराना दलले आसन्न निर्वाचनका लागि मुख्य आधार मान्दै जोड घटाउ गरिरहेका अवस्थामा नयाँ दल तथा तथा स्वतन्त्र उम्मेदवार पनि उच्च मनोबलका साथ निर्वाचनलाई आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा छन् ।

    चुनावी घरदैलोका क्रममा मतदातासँग भएको भेटघाटले आफू निकै उत्साहित बनेको हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार चेतबहादुर महतले बताए । प्रत्येक सर्वसाधारणले सुशासनसँगै समृद्धि र विकासको चाहना व्यक्त गरेको बताउँदै उनले राजनीतिक नेतृत्व परिवर्तनका पक्षमा मतदातालाई पाएको बताए ।

    घरदैलोसँगै विभिन्न सामाजिक सञ्जालको प्रयोगबाट चुनाव प्रचारप्रसार गरेको बताउने स्वतन्त्र राजनीतिक शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिकतर्फका उम्मेदवार राजु बरालले अहिलेको मतदाताले राज्यको स्रोत साधनमा भइरहेको घोटाला एवं ब्रह्मलुट गर्ने प्रवृत्तिको अन्त्य यसै निर्वाचनमार्फत खोरिहेको बताए ।

    “विकास आयोजना सम्पन्न हुन बीसौँ–तीसौँ वर्ष लाग्ने परिपाटीबाट सार्वजनिक साधन र स्रोत खेर जाने तथा जनता र अर्थतन्त्रको अवस्थामा कुनै सुधार नआउने प्रवृत्तिको अन्त्यका लागि पनि हाम्रो उम्मेदवारी हो”, उनले भने । मौलिक परम्परा, भाषा, लिपि, कला, संस्कृति र प्राचीन धरोहरको संरक्षण आवश्यक भएको बताउँदै उनले आफूहरूले नदी किनारका सुकुम्बासी नागरिकको जीविकोपार्जन र वैकल्पिक स्थानमा बसोबासको व्यवस्थापन गर्न सार्थक सहयोग गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरेको बताए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव कँडेल भ्रष्टाचाररहित समाज एवं राष्ट्र आफूहरूको प्रमुख नीति भएको बताउँदै बेथिती विसङ्गति तथा सबै प्रकारका विकृतिको अन्त्य गरी देशमा सुशासन स्थापना गर्ने लक्ष्य लिइएको बताए । शिक्षा क्षेत्रको विकासका लागि प्रत्येक सरकारी विद्यालयको भवनस्तरीय बनाई अन्तर्राष्ट्रियस्तरको पाक्रयक्रम लागू गरी दक्ष शिक्षक नियुक्ति गरी १२ कक्षासम्म निःशुल्क अध्ययन अध्यापनको व्यवस्था मिलाउने योजना रहेको उनले बताए ।

    पचास वर्ष अगाडिको परिकल्पना गरी त्यस अवस्थाका आवश्यक मोटरबाटो, पुल, बिजुली, खानेपानी तथा सञ्चारको प्रभावकारी तथा दीर्घकालीन व्यवस्था गर्ने विषयलाई घोषणापत्रमा उल्लेख गरिएको बताउँदै उनले प्रत्येक जिल्ला जोड्ने मोटर बाटो चारदेखि छ लेनसम्मको बनाउन पहल गर्ने लक्ष्य लिइएको जानकारी दिए । स्वास्थ्यमा जनताको पहुँच, कृषिको आधुनिकीकरणसँगै पर्यटकीय विकास गर्ने बताउँदै उनले नयाँ उद्योग सञ्चालनका साथै हालसम्म बन्द रहेका उद्योग पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । उद्योग सञ्चालनमा आवश्यक बैंक ब्याजदर न्यूनीकरण गर्ने, स्वदेशी पानीलाई विदेशसम्म बजारीकरण गर्नेलगायतका योजना रहेको उनको भनाइ छ ।

    क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार तारानाथ सुवेदी विकास योजनाको वितरणका नाममा अन्धाधुन्ध र बेथितीपूर्वक रकम बाँड्ने प्रवृत्तिलाई राष्ट्रिय योजना आयोग र महालेखा परीक्षकको कार्यालयमार्फत नियन्त्रण गरिनुपर्नेलगायतका योजनासहित चुनावी अभियानमा छन् । कृषि क्षेत्रको समस्याको रुपमा रहेको जमिन उपयोग गर्ने र त्यसको भूस्वामित्वको प्रश्नलाई स्थायी समाधान गरी युवा जनशक्ति रोजगारीका लागि बाहिर जानु नपर्नेलगायतका विषय उनले घोषणापत्रमा समेटेका छन् ।

    हाम्रो नेपाली पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिरिष गुरुङले भ्रष्टाचाररहित समाज निर्माण गर्नु अहिलेको प्रमुृख आवश्यकता भएको बताए । कृषि पर्यटनलाई जोड दिँदै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतालाई सहज एवं सुलभ बनाउनेलगायतका विषय नै आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    ६ घण्टा अघि

  • २

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    ८ घण्टा अघि

  • ३

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    ९ घण्टा अघि

  • ४

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    १0 घण्टा अघि

  • ५

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    ११ घण्टा अघि

  • ६

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    ११ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    ११ घण्टा अघि

  • ८

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    ११ घण्टा अघि

  • ९

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    ११ घण्टा अघि

  • १०

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    ११ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution