
काठमाडौँ ,१८ माघ | किशोरी बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । क्रिकेट संघले लामिछानेलाई गत भदौ २३ मा निलम्बन गरेको थियो ।
गत असोज २० गते पक्राउ परेका लामिछाने पर्पक्षका लागि थुनामा थिए । केही समयअघि उच्च अदालत पाटनले २० लाख धरौटीसँगै सर्तसहित सन्दीपलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे