
काठमाण्डौ। पुतलीसडकस्थित इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) ले ‘क्यानडा समिट २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ। बिहीबार आयोजित कार्यक्रम बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म सञ्चालन भएको थियो।
२०० भन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेजका प्रतिनिधिहरूसँग विद्यार्थीले प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले क्यानडाको भिसा प्रक्रिया, छात्रवृत्ति अवसरहरू र करियर योजनाबारे विस्तृत जानकारी लिएका थिए।
आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले समिटले नेपाली विद्यार्थीलाई क्यानडा अध्ययनको मार्ग स्पष्ट गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूसँगको संवादले विद्यार्थीहरूलाई आफ्नो योजना बनाउने दिशामा मद्दत पुर्यायो।” सहभागी विद्यार्थीहरूले कार्यक्रमले क्यानडाको वास्तविक अवस्था र तयारीबारे आवश्यक जानकारी प्रदान गरेको भन्दै आयोजकलाई धन्यवाद दिए।
कलेजका प्रतिनिधिहरूले पनि नेपालका विद्यार्थीहरूको चासो र गम्भीरता देखेर खुसी व्यक्त गरे। आइसीसीसीले भविष्यमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। कलेजका प्रतिनिधिहरूले पनि सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे