
एजेन्सी । रियादस्थित नेपाली राजदूतावासले साउदी अरेबियाको सकाका क्षेत्रमा राहदानी नवीकरण तथा श्रमिक सचेतनाका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। राजदूतावासबाट टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानमै सेवा प्रदान गर्ने उद्देश्यले उक्त शिविर आयोजना गर्न लागिएको हो।
शिविर ०४ अप्रिल २०२५ (शुक्रबार) का दिन बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुनेछ। शिविर सञ्चालन हुने स्थान तथा त्यसको लोकेसनबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ।
राहदानी नवीकरणका लागि आवश्यक कागजातहरू
शिविरमा राहदानी नवीकरणका लागि आउने सेवाग्राहीले निम्न कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछः
१. अनलाइन भरेको (प्रि-इनरोलमेन्ट भएको) बारकोडयुक्त फाराम। शिविर स्थलमा प्रवेश पाउन अनलाइन फाराम अनिवार्य रूपमा भरेको हुनुपर्छ।
२. हालको सक्कल राहदानी तथा राहदानीको फोटो भएको पृष्ठको प्रतिलिपि।
३. नागरिकताको अगाडि र पछाडिको पृष्ठको प्रतिलिपि।
Pre-enrollment फाराम भर्ने प्रक्रिया
अनलाइन फाराम भर्नका लागि https://emrtds.nepalpassport.gov.np/ लिंक प्रयोग गर्न अनुरोध गरिएको छ। फाराम सकेसम्म सेवाग्राही स्वयंले भर्नुपर्नेछ। यदि स्वयम् भर्न नसकिएमा, साथीभाइ, कम्पनी, समाजसेवी वा सामाजिक संघसंस्थाको सहयोग लिन सकिनेछ। परिवारको सहयोगमा नेपालबाटै फाराम भराएर WhatsApp वा फेसबुक म्यासेन्जरमा मगाउन सकिनेछ।
थप जानकारीका लागि सम्पर्क
नेपाली राजदूतावास, रियाद
फोन: ०११४६१११०८ (Reception), ०११२८८३७९५ (Labour Section)
हटलाइन: ०५५९३८९६००
वेबसाइट: sa.nepalembassy.gov.np
इमेल: [email protected]


सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे