
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। सञ्चारमन्त्री जगदिश पोखरेलका अनुसार बैठकमा सरकारका प्राथमिक एजेन्डा र आगामी त्रिपक्षीय संवादका तयारीबारे छलफल हुने अपेक्षा गरिएको छ।
यसै दिन अपरान्ह ४ बजे प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी आन्दोलनका विभिन्न समूहका प्रतिनिधिहरूबीच त्रिपक्षीय बैठक बस्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे