
काठमाडौँ , १ माघ | सरकारले भोलि (सोमबार) शोक बिदा दिने निर्णय गरेको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।
आज बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हो । सो कुराको जानकारी उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले दिएका हुन् ।
मन्त्रिपरिषद् बैठकले दिवंगतहरूप्रति श्रद्धाञ्जलि र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे