
काठमाडौँ, ८ असोज । काठमाडौँको मुटुको रुपमा रहेको व्यापारिक केन्द्र न्युरोडमा आजदेखी सवारी साधन प्रवेशमा रोक लगाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार हिजो एक सुचना जारी गर्दै बडादशैको अवसरमा किनमेल गर्न आउने सर्वसाधारणको चापलाई मध्यनजर गर्दै न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जानकारी गराएको छ ।
दशैको किनमेलको लागी भिड हुने सो क्षेत्र आज असोज ८ गते देखि फुलपातीसम्म चारपाङग्रे सवारीसाधनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले सुचनामा जनाएको छ ।
कार्यालयले चाडवाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था लागु गरिएको बताएको छ। ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरीदिन आग्रह समेत गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे