
काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मेघालयमा अवैध रूपमा चलाइँदै आएको कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना कामदारको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार उद्धार कार्य अझै जारी छ र केही कामदार खानीभित्रै फसेको हुन सक्ने आशंका गरिएको छ।
घटना मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लामा बिहीबार बिहान करिब ११ बजे भएको हो। प्रहरीका विस्फोटमा परी खोटाङ बाराहपोखरी गाउँपालिका-१ का एउटै घरका दाजुभाइको मृत्यु भएको छ ।
मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परी बाराहपोखरी गाउँपालिका–१ बाराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा बाराहपोखरीस्थित भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर, ४५ वर्षीय बमबहादुर खपाङ्गी मगर र ४० वर्षीय कर्णबहादुर खपाङ्गी मगर घाइते भएका छन् ।
अनुसार खानीभित्र डाइनामाइट प्रयोग गर्दा विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ। उक्त खानी ‘मुसाको प्वाल खानी’ भनेर चिनिने अत्यन्तै जोखिमपूर्ण तरिकाले सञ्चालन गरिएको थियो। यसमा साना र साँघुरा सुरुङ खनेर कामदारहरू घुँडा टेक्दै भित्र पसेर कोइला निकाल्ने गरिन्छ। यस्तो खानी प्रणालीलाई सरकारले पूर्ण रूपमा प्रतिबन्ध लगाइसकेको भए पनि मेघालयमा अझै लुकिछिपी सञ्चालन भइरहेको अधिकारकर्मीहरू बताउँछन्।
राज्य प्रहरी अधीक्षक विकास कुमारका अनुसार अहिलेसम्म १८ जनाको शव निकालिएको छ। गम्भीर रूपमा जलेका एक जना कामदारलाई राजधानी शिलोङको अस्पतालमा भर्ना गरिएको छ। तर, खानीभित्र अझै कति जना कामदार फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन।
घटनास्थल शिलोङबाट करिब ७२ किलोमिटर टाढा जंगली क्षेत्रमा रहेको बताइएको छ। प्रहरीले खानी कसले चलाएको हो भन्ने कुरा अहिलेसम्म पत्ता लगाउन सकेको छैन। यस घटनामा संलग्न अज्ञात व्यक्तिहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ भने मृतक र घाइते कामदारहरूको पहिचान पनि भइरहेको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गर्नुभएको छ। मेघालयका मुख्यमन्त्री कोनराड संगमाले दोषीहरूलाई कडा कारबाही गरिने स्पष्ट पार्दै यस घटनामा जिम्मेवार जो कोहीलाई पनि कानुनको दायरामा ल्याइने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे