
एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्रयु माउन्टबेटन ९विन्डसर०लाई प्रहरीले पक्राउपछि रिहा गरेको छ। सार्वजनिक पदको दुरुपयोग गरेको शंकामा बिहीबार पक्राउ परेका एन्ड्रयुलाई अनुसन्धान जारी रहने सर्तमा छोडिएको हो। थेम्स भ्याली प्रहरीका अनुसार उनीमाथि थप छानबिन हुनेछ।
बीबीसीका अनुसार राजा चार्ल्सले यस विषयमा कानुनलाई आफ्नो काम गर्न दिनुपर्ने प्रतिक्रिया दिनुभएको छ। एन्ड्रयु अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग जोडिएको यौन प्रकरणका कारण अनुसन्धानमा तानिएका हुन्। अमेरिकी कागजातमा दुवैबीचको संवादसमेत भेटिएको छ।
एपस्टिन मुद्दाकी पीडित भर्जिनिया गिफ्रेले सन् २००१ मा आफू १७ वर्षको हुँदा एन्ड्रयुले यौन शोषण गरेको आरोप लगाएकी थिइन्। एन्ड्रयुले भने आरोप अस्वीकार गरेका छन्। गिफ्रे सन् २०२५ अप्रिलमा मृत भेटिएकी थिइन्। एपस्टिन काण्डले विश्वभर ठूलो हलचल मच्चाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे