
काठमाडौं , २२ जेठ। संखुवासभामा निर्माणाधीन नौसय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु ’ आज हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य सुरुङको ‘ब्रेक थ्रु ’ गर्ने भएका छन् ।
अरुण तेस्रो जलविद्युत आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको निर्माणकार्य भारतीय सतलज कम्पनी ९ (एसजेबिएन)ले गरिरहेको छ ।
यस्तै, प्रधानमन्त्री दाहालले आजै आमराङमा अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी ड्यामसाइट र पावारहाउसको हवाई अनुगमन गर्ने भएका छन् । आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ ।
सरासर आयोजनाको बाँकी कार्य अघि बढेमा करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे