
काठमाडौँ, ४ चैत। ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी र एप्लाइ ग्लोबलले आफ्नो ब्रान्ड एम्बेस्डर घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। जसले विदेश अध्यानार्थ जान ईछुक विद्यार्थीहरूलाई विश्वश्नियताको आधार बनाउन प्रतिबद्धताको प्रतीकको रूपमा यसलाई प्रस्तुत गरेको छ।
कार्यक्रममा शैक्षिक तथा मनोरञ्जन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । मिस इन्टरनेशनल नेपाल २०१७ नीति शाहलाई ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी र एप्लाइ ग्लोबलको ब्रान्ड एम्बेसडरको रूपमा नियुुक्त गरिएको हो।
ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी र एप्लाइग्लोबलका निर्देशक श्री पवन विष्टले नवनियुक्त ब्रान्ड एम्बेसडरसँगको सहकार्यको भावी योजनाहरूबारे जानकारी साझा गर्नुभयो। विद्यार्थीहरूको लागि पहुँच र व्यक्तिगत सहयोग बढाउनमा ध्यान केन्द्रित गर्दै, यी योजनाहरूले विदेशी शिक्षा परामर्शको परिदृश्यमा बिशेष परिवर्तन गर्ने जानकारी गराईएको थियो।
ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सीका कार्यक्रम निर्देशक रवीन्द्र घिमिरेले कार्यक्रमलाई उत्कृष्ट रूपमा सफल बनाउन सहयोग र सहभागिताका लागि उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। विदेशमा विद्यार्थीहरूको शैक्षिक आकांक्षालाई सहजीकरण गर्ने तिनीहरूको अटल प्रतिबद्धताले ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी र एप्लाइ ग्लोबलको मूल्य र मान्यतालाई प्रतिविम्वित गर्दछ।
एप्लाइग्लोबल को प्रतिनिधित्व गर्दै, रोजिका आचार्यले कार्यक्रमको मास्टर अफ सेरेमोनीको रूपमा कार्यभार ग्रहण गरेकी थिईन।
२००६ मा स्थापित, ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि विशेषज्ञ परामर्श सेवाहरू प्रदान गर्ने मार्गदर्शनको रूपमा सेवा प्रदान गर्दै आइरहेको छ। एक प्रमाणित अन्तर्राष्ट्रिय शिक्षा एजेन्ट काउन्सिलर पवन बिष्टको नेतृत्वमा ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सीले संयुक्त राज्य अमेरिका, आयरल्याण्ड, युके, क्यानडा र अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्दछ।
व्यक्तिगत आवश्यकता र योग्यताहरू अनुरूप व्यक्तिगत सहायता सुनिश्चित गर्दै ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सीले यसको प्रयोगकर्ता मैत्री प्लेटफर्म मार्फत आवेदन प्रकृयालाई सरल बनाएर कन्सल्टेन्सीहरूको प्रयासहरूलाई पूरक बनाउँछ। विश्वविद्यालय छनोट देखि कागजात पेस गर्न सम्म, एप्लाइग्लोबलले व्यक्तिगत मार्गदर्शन प्रदान गर्दछ, जसले विश्वभरका विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सपनाहरू निर्बाध रूपमा हासिल गर्न सशक्त बनाउँछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे