
काठमाडौँ । आज सङ्घीय संसद्का दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभा—को बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा सुरु हुनेछ।
आजको बैठकमा सभामुख पदसँग सम्बन्धित मुख्य प्रक्रिया अगाडि बढाइनेछ। डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ। उनी यसअघि नै निर्विरोध रूपमा सभामुख चयन भइसकेका छन्। उनको प्रस्तावक रवि लामिछाने हुनुहुन्छ भने समर्थन गर्नेमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्। आजको बैठकले यस प्रस्तावलाई औपचारिक रूपमा निर्णय गर्नेछ।
उता राष्ट्रिय सभाको बैठक भने दिउँसो १२ः१५ बजे बस्नेछ। उक्त बैठकमा विभिन्न विषयगत समितिमा सदस्यहरूको नाम थप्ने वा परिवर्तन गर्ने काम हुनेछ। साथै, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरू पनि तोकिनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे