
काठमाडौं । बुधबार सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा हुने तय भएको छ भने राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्नेछ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावना छ। त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक प्रस्ताव गर्ने तयारी गरेका छन्।
सभामुखले राष्ट्रपतिको कार्यालयबाट आएको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पनि वाचन गर्ने कार्यक्रम छ। यता, राष्ट्रियसभामा प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पनि पेश गर्ने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे