
काठमाडौँ, जेठ २२ । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यसपछि विषयगत समितिहरूमा सदस्य हेरफेरसम्बन्धी जानकारी दिने छन्।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “सङ्घीय निजामति सेवा विधेयक, २०८२” सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। सोही बैठकमा बजेटमाथि सामान्य छलफल सुरु हुने कार्यसूची रहेको छ।
उता, राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। सो बैठकमा पनि आगामी आर्थिक वर्षको बजेट (राजस्व र व्ययको अनुमान)माथि छलफल हुने कार्यसूची तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे