
काठमाडौँ । गुल्मीमा बोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ४४० रुपैयाँ कायम गरिएको छ। यसअघि मूल्य ४२० रुपैयाँ थियो, अहिले २० रुपैयाँले वृद्धि भएको हो।
गुल्मी उद्योग वाणिज्य संघमा सरोकारवालाबीचको छलफलपछि नयाँ मूल्य निर्धारण गरिएको हो। मासु व्यवसायी संघका अनुसार कृषकहरूले कुखुरा पाल्ने संख्या घट्दा र आपूर्ति कम हुँदा मूल्य बढेको हो। केही महिनाअघि उत्पादन पर्याप्त हुँदा मूल्य ४४० बाट ४२० मा घटाइएको थियो। नयाँ मूल्य फागुन ५ देखि लागू हुने जनाइएको छ। गुल्मीले अझै कुखुराको आपूर्ति बुटवल, चितवन र अर्घाखाँची जिल्लामा निर्भर गर्नुपर्ने अवस्था छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे