
काठमाडौं ।माछापुच्छे् बैकका ग्राहकहरूको लागि ब्लुबर्ड इन्टरनेशलन क्लिनिकले ‘तिज विशेष प्याकेज’ सार्वजनिक गरेको छ। यो विशेष प्रस्ताव अन्तर्गत,माछापुच्छे« बैकका ग्राहकहरूले मात्र पूर्ण शरीर जाँच (Full Body Checkup) अब रु. ३,९९९/- मा प्राप्त गर्न सक्नेछन्। यो प्याकेजले समग्र स्वास्थ्यको विस्तृत मूल्याङ्कन गर्न र प्रारम्भिक चरणमा स्वास्थ्य समस्याहरूलाई पत्ता लगाउन मद्दत पुर्याउँछ।
‘क्लिनिकले यस प्याकेजमा ३०% छुटको विशेष प्रस्ताव पनि राखेको छ, जसले अतिरिक्त सेवाहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ। यस विशेष अवसरको फाइदा उठाउँदै, तपाईं आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिन र समग्र स्वास्थ्य परीक्षण गराउन सक्नुहुन्छ।
यो प्रस्ताव ३१ भदौ २०८१ सम्म मात्र वैध हुनेछ, त्यसैले यो समयमै आफ्नो प्याकेज बुक गरेर स्वास्थ्यमा प्रतिबद्धता जनाउन यो एक उत्कृष्ट अवसर हो। ब्लुबर्ड इन्टरनेशलन क्लिनिकले माछापुच्छे« बैकका ग्राहकहरूको स्वास्थ्यको हेरचाह गर्न र स्वास्थ्यको राम्रो व्यवस्थापन गर्नको लागि यो विशेष छुटको प्रस्ताव ल्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे