
काठमाडौं, साउन २८ – लोक तथा दोहोरी गायिका विष्णु माझीले यो वर्षको पहिलो तीज गीत सार्वजनिक गरेकी छन्। ‘म त नराउरी’ बोलको गीत बुधबार बिहान युट्युबमार्फत सार्वजनिक भएको हो।
गीतमा शब्द, संगीत र निर्देशन उनका श्रीमान् सुन्दरमणि अधिकारीले गरेका छन्। यो गीत ‘पुलतीको भट्टी भाग २१’ अन्तर्गत आएको हो।
हरेक वर्षजस्तै यो तीजमा पनि विष्णु माझीले फरक लय र शैलीमा गीत ल्याएकी हुन्, जसको प्रतीक्षा उनका प्रशंसकहरू उत्सुकतापूर्वक गर्दै आएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे