
काठमाडौँ । वीर अस्पतालले श्वासप्रश्वाससम्बन्धी १० प्रकारका भाइरसको एकै पटक परीक्षण सुरु गरेको छ। अस्पतालको मेडिकल आनुवंशिक प्रयोगशालामा सुरु गरिएको यो प्रणालीले बिरामीको रोग चाँडो पत्ता लगाउन र खर्च कम गर्न मद्दत पुर्याउने बताइएको छ। विभाग प्रमुख डा. निलम ठाकुरका अनुसार पहिले फरक–फरक परीक्षण गर्नुपर्थ्यो, तर अब एकै पटक सबै भाइरस परीक्षण गर्दा कुन भाइरसले रोग सिर्जना गर्यो भन्ने तुरुन्त थाहा पाइन्छ।
प्रयोगशालामा मस्तिष्क सङ्क्रमणसम्बन्धी ६ भाइरस र फोक्सोबाहेकका क्षयरोगको पनि परीक्षण सुरु भएको छ। विसं २०७३ मा स्थापना गरिएको प्रयोगशालामा जनशक्ति र उपकरणको कमीले परीक्षण नियमित हुन सकेको छैन। अहिले तीन जनाको टोलीले २५ आनुवंशिक रोगका भाइरस परीक्षण गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे