
काठमाडौं । इजरायलमा हमासको आक्रमणका क्रममा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी स्वदेश फर्किएका छन्। हमासले बन्धक बनाएर लगेको छोराको खोजीका लागि उनीहरू अमेरिका पुगेका थिए। विपिनको अवस्था पत्ता लगाउन विभिन्न निकायसँग सहयोगको याचना गरे पनि अन्ततः उनीहरू निराशा बोकेर नेपाल फर्किएका हुन्।
इजरायल र हमासबीच युद्धविराम भएको केही समयमै विपिन जीवित नरहेको पुष्टि भएको थियो। हमासले उनको शव इजरायल सरकारलाई बुझाइसकेको इजरायली सेनाले जनाएको छ। इजरायली मिडियाका अनुसार पोस्टमार्टम रिपोर्टमा विपिन जोशीको हत्या सन् २०२३ को अन्त्यतिर नै भएको देखाइएको छ।
विपिन इजरायलमा कृषि अध्ययनका लागि गएका १७ जना नेपाली विद्यार्थीमध्ये एक हुन्, जो हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए। उनका सहपाठीहरू मध्ये धेरैले त्यही घटनामा ज्यान गुमाएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे