
काठमाडौं । हमास समूहको बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको बुधबार एउटा भिडियो सार्वजनिक भएको छ । हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी जीवितै रहेको इजरायली मिडियाले दाबी गरेका छन् । ३० सेकेन्ड लामो उक्त भिडियो क्लिप आज बेलुकी इजरायल समय ७ः ५५ बजे ९नेपालको राती १०ः४० बजे० सार्वजनिक गरिएको छ । इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए। जोशीले आफ्नै कोठामा हमासले फ्याँकेका दुई ग्रेनेडमध्ये एउटा बाहिर फ्याँकेर आफ्नो र साथीहरूको ज्यान जोगाएका थिए ।
हमासको अपहरणमा परेयता एकपटक उनी घाइते अवस्थामा अस्पतालमा उपचारका क्रममा देखिएको दाबी गरिएको थियो ।उनको अपहरण पछि केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर आज सार्वजनिक गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे