काठमान्डौ- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनका रुपमा प्रष्ट पारेको बताएका छन्।उनले भने ‘निजी क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रुपमा प्रष्टसँग स्वीकार्नु, मेक इन नेपालजस्ता दूरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु सुधारतर्फको पहिलो महत्वपूर्ण चरण हो ’ ।
उनले बजेटमा औद्योगिक विकासका योजनाहरु भएको र स्थिरता, उत्पादनशील, रोजगारीलगायतका विषय प्राथमिकताका साथ उठाइएको बताए। मंगलबारदेखि संसदमा भइरहेको बजेटमाथिको छलफलमा उनले यो बजेट परिवर्तनमुखी भएको समेत बताएका छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे