काठमाडौँ, २२ जेठ । आज भोटो देखाउने जात्रा मनाइँदैछ।
सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।
रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन भोटो देखाउने परम्परा छ ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गरी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने जनाएको छ।
शनिबार भए पनि भोटो देखाउने जात्राकै अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले मर्यादित रूपमा पर्व मनाउन आग्रह पनि गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे