
काठमाडौँ ,१७ पुस । नेकपा एमालेबाट निष्कासन भएका नेता भीम रावलले आज बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन्। काठमाडौंको कार्की ब्यांक्वेटमा दिउँसो १ बजे हुने पत्रकार सम्मेलनमा उनले आगामी नीति, विचार, र दृष्टिकोणबारे जानकारी दिने बताएका छन्। रावलले कम्युनिस्ट र उदारवादी विचारधारालाई समेट्ने नयाँ पार्टी गठन गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन्।
गत पुस १० गतेको नेकपा (एमाले) सचिवालय बैठकमा रावललाई संगठित सदस्यसमेत नरहनेगरी हटाउने निर्णय गरिएको थियो। रावलले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालयका लागि जग्गा दानमा लिने निर्णयको खुल्ला विरोध गरेका थिए। यसपछि एमालेले अनुशासनविपरीत गतिविधि गरेको भन्दै रावललाई पार्टीबाट हटाउने निर्णय गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे