
काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्न लागेका छन् । रावलले केही समयअघि स्थापना गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ मार्फत सक्रिय रहेपनि अब उनले उक्त अभियानलाई पार्टीसँग एकीकृत गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्न लागेका हुन्।
आज काठमाडौंमा हुने ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने जनाइएको छ। आइतबार मात्रै उनले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेताहरूसँग छलफल गरेका थिए। उक्त संवादपछि रावलले पार्टीमा समाहित हुने निर्णय पक्का गरेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे