
काठमाडौं । राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले नेतृत्वको निर्णयप्रति भीम रावलले असन्तुष्टि जनाएका छन्।
नेता रावलले विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्न दिन नहुने जिकिर गरेका छन्।
सिद्धान्तविपरीत भएकाहरुलाई सूर्य चिन्हमा लड्ने पाउने तर, एमाले हुनु नपर्ने सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो? भन्दै प्रश्न गरेका छन्।
एमालेले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा लड्न पाउने व्यवस्था गर्नु ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो भएको भन्दै आक्रोश पोखेका छन्।
नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे के सूर्य चिन्ह बिक्री हुने व्यावसायिक चिन्ह हो र यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र।’
बुधबार भएको सहमतिमा एमालेले दुवै दलसँग ५ बुँदे सहमति गरेको थियो। एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलका साथै राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले सहमतिमा हस्ताक्षर गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे