
काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो वार्षिक कार्यकारी तथा व्यवस्थापन बैठक चन्द्रागिरि हिल्स रिसोर्टमा सम्पन्न गरेको छ।
बैठकमा देशभरका २७ वटै शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अघिल्लो वर्षको बिक्री प्रदर्शनको समिक्षा गरिनुका साथै आगामी वर्षका लागि रणनीतिक योजना र प्राथमिकता तय गरिएको कम्पनीले जनाएको छ।
बैठकको समापन कार्यक्रममा भाटभटेनीका संस्थापक तथा अध्यक्ष मिनबहादुर गुरुङ र मिसेस गुरुङको उपस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने शाखा प्रमुखहरूलाई पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको थियो।
कम्पनीका अनुसार यस्तो बैठकले नेतृत्व विकास, सहकार्य, उत्कृष्टता र दीगो व्यवसायिक वृद्धिमा थप प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे