
काठमाडौं, कात्तिक १२ । भारती मानन्धरले पुनः रिले अनसन शुरु गरेकी छन्। श्रीमानको हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयविरूद्ध आमरण अनशन शुरु गरेकी हुन् ।
न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन थालेकी छन्। श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगललाई सरकारले संविधान दिवसको दिन कैद मिनाहा गरी जेलमुक्त गराएपछि उनलाई जेलमा नै राख्नुपर्ने माग राख्दै आजबाट पुनः माईतीघर मण्डलामा अनशन सुरु गरेकी हुन्।
संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिँदै रिहा गरेको थियो। भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो।
उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे