
चितवन। चितवनको भरतपुर महानगरपालिका र दाङको राप्ती गाउँपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध कायम भएको छ। सोमबार भरतपुर महानगरको सभाहलमा आयोजित कार्यक्रममा दुबै पालिकाका प्रतिनिधिहरूले भगिनी सम्बन्धका लागि हस्ताक्षर गरेका थिए।
महानगर प्रमुख रेनु दाहाल र गाउँपालिका अध्यक्ष प्रकाश विष्टले हस्ताक्षरमार्फत सम्बन्ध स्थापना गर्न सहमति जनाएका छन्। यस सम्बन्धले दुई पालिकाबीच सहयोग आदानप्रदानको वातावरण सिर्जना गर्नुका साथै अन्तरसंस्कृतिक घुलनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा दुई पक्षबीच साझेदारीका विभिन्न क्षेत्रहरू पहिचान गर्ने र आपसी सहयोगका माध्यमबाट विकासका प्रयासलाई सघाउन सहमति भएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे