
काठमाडौँ, २ साउन ।२०७९ भाद्र १ गते देखि २०७९ मंसिर १० गतेसम्म दशैं-तिहार र फिफा विश्वकप २०२२ को अवसरमा सञ्चालन गरिएको बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरुको घोषणा गरिएको छ ।
बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरुले नगद र अन्य पुरस्कारहरु जितेका छन् ।
लक्की ड्र मार्फत इटहरीका श्री रुपेश ढुंगानाले सोनी ७५ एलइडी टीभीको बम्पर पुरस्कार जितेका छन् । साथै बुटवलका भूपनारायण पौडेल र बिरगन्जका शिवकुमार नन्दवालले सामसुङ्ग ३४५ लिटरे रेफ्रिजेरेटर पुरस्कार प्राप्त गरेका छन् ।
अन्य पुरसकारहरुमा भाग्यशाली विजेताहरुले १० वटा सामसुङ्ग ७.२ केजी वासिङ्ग मेसिन २० वटा सामसुङ्ग ए०३७ मोबाइल फोन र ७५ वटा एक्यूफिट स्मार्ट वाचहरु प्राप्त गरेका छन् ।
चाडपर्वको रमाइलो अवसरमा अझ खुसी थप्ने लक्ष्य सहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा ५५०० घरधनीहरुको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको छ र गतबर्ष भन्दा अझ ठूलो, भब्य र राम्रो गर्ने गरी तयारी भईरहेको कम्पनीको भनाई छ ।
बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. नेपालमा सन् २००० देखि डेकोरेटिभ पेन्ट्सको उत्कृष्ट उत्पादक हो जस्ले नेपालमा सबैभन्दा बढी किसिमको पेन्ट उपलब्ध गराएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे