काठमाडौं। विगत २० वर्षदेखि (मिति: १ बैशाख २०६१/१३ अप्रिल २००४) संचालनमा नआएका निष्कृय खाताका सम्बन्धित खातावालहरूलाई बैंकले खाता सक्रियन गर्नका लागि सम्पर्क गर्न अनुरोध गरेको छ। सार्वजनिक सूचनामा, निष्कृय खाताका खातावालहरू वा तिनका कानुनी हकवालाहरूलाई यथाशीघ्र नजिकको शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा ३ तथा नेपाल राष्ट्र बैंकको ई.प्रा.निर्देशन नं. १६।०८० को बुँदा नं. ३ (४) अनुसार, २० वर्षसम्म कुनै गतिविधि नदेखिएका खाताका रकम राष्ट्र बैंकको ‘बैंकिङ्ग विकास कोष’ मा जम्मा गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ। यदि तोकिएको समयभित्र खातावालहरूले खाता सक्रियन गर्न वा कानुनी हकदावी गर्न नसकेमा, यस्तो रकम स्वतः उक्त कोषमा स्थानान्तरण गरिने सूचनामा उल्लेख गरिएको छ। कोषमा गए पछि बैकको दायित्व नरहने समेत जनाएको छ।
तसर्थ, सम्बन्धित खातावालहरूले आफ्नो खाता सक्रिय गर्न वा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नजिकको शाखामा सम्पर्क गर्नका लागि बैंकले आग्रह गरेको छ। अन्यथा, कानुनी प्रावधानअनुसार रकम राष्ट्र बैंकको कोषमा जम्मा गरिने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे