
काठमाडौँ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा रहेका ठूला ऋणीहरूको कर्जा विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यस व्यवस्थाअनुसार ‘क’ वर्गका बैंकका हकमा पाँच करोड रुपैयाँभन्दा बढी तथा ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाका हकमा दुई करोड रुपैयाँभन्दा बढी कर्जा उपयोग गर्ने ऋणीलाई ठूला ऋणीका रूपमा वर्गीकरण गरिएको छ।
तोकिएको मापदण्डमा पर्ने ठूला ऋणीहरूको कर्जा सम्बन्धी विवरण समष्टिगत रूपमा तयार गरी प्रत्येक त्रैमास समाप्त भएको मितिले सात दिनभित्र यस बैंकको रिपोर्टिङ पोर्टलमार्फत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। पेश गरिने विवरणमा ग्राहकको विवरण, ठूला ऋणी समूहको विवरण, कोषमा आधारित कर्जा तथा गैरकोषमा आधारित कर्जा सम्बन्धी पूर्ण जानकारी समावेश गर्नुपर्नेछ।
निर्देशनअनुसार विवरण पेश गर्दा प्रत्येक ग्राहकलाई सम्बन्धित ऋणी समूहभित्र नै समावेश गर्नुपर्नेछ। ठूला ऋणीहरूको कर्जा प्रवाह, जोखिम व्यवस्थापन तथा निगरानीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे