
काठमाडौँ, १६ भाद्र । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सार्वजनिक गरेको छ ।
बैकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र २२ लाख ५० हजारसम्मको बीमा सुविधा दिने उक्त मुद्धती योजना सञ्चालनमा ल्याएको हो ।
यो योजना अन्तर्गत व्यतिmगत मुद्धती खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने खातावालहरुले आफनो लागि रु १० लाख सम्मको दुर्घटना बीमा, २ लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमा पाउनेछन् । साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाइने बैकले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्नेछन् ।
अवधि अनुसार मुद्धती खाता खोल्नेलाई त्यतीनै समय अवधिको लागि बीमा सुविधा प्राप्त हुनेछ । यो योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे