
एजेन्सी । क्यानडाको सत्तारुढ लिवर पार्टीको आन्तरिक चुनावमा पूर्व–केन्द्रीय बैंकर मार्क कार्नी प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा निर्वाचित भएका छन्। ५९ वर्षीय कार्नीले तीन प्रतिस्पर्धीहरूलाई हराउँदै जित हासिल गरेका छन्, जसमा उप–प्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्ड पनि थिए। कार्नीको चुनावी जित अपेक्षित थियो, किनकि उनले लिबरल दलको संस्थापन र धेरै रकम जुटाएका थिए। आगामी हप्तामा उनी औपचारिक रूपमा ट्रुडोलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ, र क्यानाडाको संघीय चुनाव अक्टोबरमा निर्धारित भए पनि चाँडै हुन सक्नेछ।
कार्नीले ट्रम्पको व्यापार युद्ध र अन्य चुनौतीहरूको सामना गर्ने प्रस्ताव अघि सारेका थिए, जसमा उनले आफ्नो अनुभव– २००८ को वित्तीय संकट र ब्रेक्जिटका समयमा प्रमुख भूमिकामा रहेको उल्लेख गरेका थिए। ट्रम्पको २५ प्रतिशत करको धम्कीले क्यानाडा र अमेरिका बीचको द्विपक्षीय सम्बन्धमा तनाव ल्याएको छ। कार्नीले व्यापार युद्धको संकट व्यवस्थापन गर्न सक्षम रहेको दाबी गरेका छन्।
कार्नी अब कन्जरभेटिभ पार्टीका पियरे पोइलेभ्र जस्ता राजनीतिज्ञसँग प्रतिस्पर्धा गर्नु पर्नेछ, जसले आक्रामक शैलीमा राजनीति गर्दै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे