
काठमाडौँ । बंगलादेशको ढाकामा एक कपडा कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ। अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन्।
मृतकहरूको शव अत्यधिक जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको छ। मंगलबार दिउँसो मिरपुर क्षेत्रमा रहेको चार तले कारखानामा लागेको आगो तीन घण्टापछि निभाइएको थियो। तर नजिकैको रासायनिक गोदाममा भने आगो अझै पूर्ण रूपमा निभेको थिएन।
आगलागीपछि आफन्तहरू आफ्ना बेपत्ता परिवारजनको खोजीमा घटनास्थल बाहिर हतास भएर बसेका थिए। प्रत्यक्षदर्शीका अनुसार, गोदाममा ब्लीचिङ पाउडर, प्लास्टिक र हाइड्रोजन पेरोक्साइड जस्ता सामग्री भण्डारण गरिएको थियो, जसले आगो झन् फैलिएको हो। प्लास्टिक जलेपछि विषाक्त धुवाँ निस्केको र धेरै मानिसले त्यही ग्यास सास फेर्दा तुरुन्तै ज्यान गुमाएको अधिकारीहरूले बताएका छन्।
हाल प्रहरीले र सेनाले कारखाना र गोदामका मालिकलाई पत्ता लगाउने प्रयास गरिरहेका छन्। बंगलादेशमा सुरक्षा मापदण्ड कमजोर भएकाले यस्ता ठूलो आगलागीहरू बारम्बार हुने गरेका छन्, जसमा सयौं मानिसको ज्यान गइसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे