
काठमाडौँ । बंगलादेशको एक विशेष घरेलु न्यायाधिकरणमा प्रमुख अभियोजकले अपदस्थ प्रधानमन्त्री शेख हसिनामाथि मृत्युदण्डको सजाय माग गरेका छन्। गत वर्ष भएको विद्यार्थी नेतृत्वको जनविद्रोहका क्रममा मानवता विरुद्धका अपराधका मास्टरमाइन्ड र योजनाकारको रूपमा हसिनालाई आरोप लगाइएको हो।
७८ वर्षीया हसिना गत वर्ष अगस्टमा पदच्युत भएपछि विभिन्न मुद्दामा फँस्दै आएकी छिन्। संयुक्त राष्ट्रसंघीय प्रतिवेदनअनुसार, २०२४ जुलाई १५ देखि अगस्ट १५ सम्म भएको प्रदर्शनमा सुरक्षाकर्मीको कारबाहीका कारण १,४०० जनाको ज्यान गएको थियो। अभियोजक मुहम्मद ताजुल इस्लामले हसिनालाई निर्दयी अपराधी भन्दै “१,४०० जनाको हत्याका लागि उनलाई मृत्युदण्ड दिनुपर्छ” भनेर अदालतमा माग गरेका छन्।
अभियोजन पक्षले तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई पनि दोषी ठहर गर्दै कडा सजाय मागेको छ। तर हसिनाका समर्थकहरूले यी आरोपहरू राजनीतिक प्रेरित भएको प्रतिक्रिया दिएका छन्। हालसम्म हसिना वा उनको पार्टीबाट प्रत्यक्ष प्रतिक्रिया आएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे