
काठमाडौँ, जेठ १४ । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गरी सहज रूपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने गरी शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा बसेको थियो । आजको बैठकबाट पनि निष्कर्षमा पुग्न नसकेको कांग्रेस सांसद जीवन परियारले बताए। आज साँझसम्म सहमति जुटाउने गरी प्रधानमन्त्री लागिपरेको उनले बताए।
प्रधानमन्त्री दाहालले बालुवाटारस्थित निवासमा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरिरहेका छन्। छलफलमा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहनुभएका कानुनमन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काङ्ग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडानमा नेपाली कांग्रेसले रहेको छ भने सत्तारुढ दल यसमा असहमति जनाएको छ। सरकारले भोलि आर्थिक वर्ष २०८१ र ०८१ को बजेट जेठ १५ गते दिउँसो १ बजे ल्याउने भएको छ।बजेट भाषणका लागि जेठ १५ गते दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे