
काठमाडौं, फागुन २६ – बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा बालनरसिंह घर्ती नियुक्त भएका छन्। कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको ६०२औँ बैठकले उनलाई चार वर्षका लागि सिइओको जिम्मेवारी दिने निर्णय गरेको छ।
बैठकको निर्णयअनुसार घर्तीको नियुक्ति तत्काल लागू हुने गरी प्रभावमा आएको छ। कम्पनीले उनीसँगको सहकार्यले संस्थाको वृद्धि र सेवाग्राहीप्रति उत्तरदायी वित्तीय सेवा प्रवाहमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे