
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ आज अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकी पाँच लाख मतपत्र आजै छपाइ सकाएको छ। केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फको दुई करोड तीन लाख मतपत्रमध्ये बाँकी रहेकाहरु आजै छपाइ सकिएपछि भोलिसम्म सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा पठाइनेछ।
उनले भने, “४२ दिनको कार्यतालिका बनाएर सुरु गरेको मतपत्र छपाइ ४० दिनमै सम्पन्न हुँदैछ। दैनिक १३–१५ लाख मतपत्र छपाइ गरेर लक्ष्यभन्दा अगाडि नै काम सकिएको छ।”
केन्द्रले कर्णाली र सुदूरपश्चिमका जिल्लामा सबै मतपत्र पुर्याइसकेको र बाँकी क्षेत्रका लागि पनि निर्धारित मितिसम्म वितरण गर्ने लक्ष्य लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे