
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण रूपन्देही–३ बाट सिफारिसमा परेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले नेता खाँणलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो । समितिले उनीसँगै सुशील गुरुङ्ग, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीको नाम पनि उम्मेदवारका लागि सिफारिस गरेको छ ।
यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए । नेता खाँण प्रतिनिधिसभा निर्वाचन ०७९ मा रूपन्देही–३ बाट राप्रपाका दिवंगत नेता दिपक बोहरासँग पराजित भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे