
काठमाडौँ, ४ बैशाख । प्रधानन्यायधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख तीन दलबीच सहमति भएको छ । आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सभामुखसहित शिर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दिएको जानकारी अनुसार शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एउटै सवारीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए ।
ज्वरो आएर आराम गरिरहेका ओलीलाई भेट्न दुई शीर्ष नेता आज बिहान बालकोट पुगेका हुन् ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकसमेत बैठकमा सहभागी थिए ।
तीन शीर्ष नेताहरुबीचको भेटमा संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा छलफल गर्ने र सो विधेयक संसदमा अघि बढाउनेबारे छलफल भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे