
काठमाडौँ , २९ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत ‘नेपाल हाँसेको…’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ। बालेनको शब्द, संगीत, स्वर र ¥यापमा आधारित यो गीतले नेपालको विकासको परिकल्पना र वर्तमान यथार्थलाई चित्रण गरेको छ। गीतको कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्का लगायतको स्वर रहेको छ। यो गीत बालेनको मेयर पदको समयमा गाएको पहिलो गीत हो।
त्यस्तै, चलचित्र ‘लाज शरणम्’को गीत पनि युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा पुगेको छ। बालेनको स्वरमा रहेको यो गीत चलचित्रको प्रोमोसनल गीतको रूपमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको हाइप बढाएको छ। ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले बनाएको चलचित्र हो, जसको प्रमुख भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन्।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ । चलचित्र महाशिवरात्रिका दिन फागुन १४ गते रिलिज हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे