
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पुग्दैछन्। रास्वपाका अनुसार आज दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बस्ने भएको छ। सो अवसरमा पार्टीले बालेन शाहको स्वागत पनि गर्ने तालिका तयार गरेको छ।
बैठकपछि बालेन शाह पार्टी सभापति रवि लामिछानेसँगै साँझ ५ बजे बुद्ध एयरको जहाजबाट जनकपुर प्रस्थान गर्ने छन्। जनकपुर भ्रमणको क्रममा उनी पार्टीका विभिन्न कार्यक्रम र भेटघाटहरूमा सहभागी हुने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे