
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले झापा–५ बाट उम्मेदवारी दर्ता गरेका छन्। सयौं समर्थकसहित मंगलबार उनी निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। समर्थकहरूले नाराबाजी र झाँकीसहित बालेनलाई स्वागत गरेका थिए।
उनको उम्मेदवारीले झापा–५ मा चुनावी प्रतिस्पर्धा थप रोमाञ्चक बनाएको छ। रास्वपा पार्टीले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको छ। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने अनुमान गरिएको छ। बालेन यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए र त्यसपछि राजनीतिमा सक्रिय रूपमा फर्किएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे