
काठमाडौं , २६ कात्तिक। आज बिहान बागलुङको जैमिनी नगरपालिका –८ छिस्तीबाट आज बिहान सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान दुर्घटना भएको थियो । जिप दुर्घटनामा परेर मृत्यु हुनेहरु एउटै गाउँका रहेका छन् । दुर्घटनाका मृतक ५ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जिप चालक बागलुङ जैमिनी –८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् । जीप सडकबाट अनियन्त्रीत भई पाँच सय मिटर तल खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा ४५ वर्षीय गङ्गाबहादुर श्रीष घाइते भएको र उनलाई उद्धार गरेर उपचारका लागि धौलागिरि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे